• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा वैज्ञानिक सम्मेलनमा माउन्टभ्यू दाङका विद्यार्थीको प्रोजेक्ट उत्कृष्ट




घोराही । विद्यालय तहमा विज्ञानका विषय बस्तु सजिलै भर्चुअल माध्यमबाट बुझ्ने र बुझाउने एप्लिकेशन माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले बनाएका छन ।

जनकपुरमा राष्ट्रिय युवा परिषद् नेपालको आयोजना तथा विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्रको सहआयोजनामा गरिएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन २०७९ मा आफ्नो प्रस्तुती दिँदै उनीहरु जुनियर तर्फ प्रथम स्थान हासिल गरेका छन ।

आयोजक संस्था विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्रका हरिप्रसाद पौडेलले दिएको जानकारी अनुसार सहभागि कक्षा ११ विज्ञान संकायमा अध्यनरत अविरल रिजाल र कीर्तन भण्डारीले वेस्ट पोस्टर अवार्ड पाएका छन ।

विद्यालय तहमा पठन पाठन हुने सामाग्री लाई भर्चुअल माध्यम बाट विद्यार्थी लाई सजिलै बुझ्न र बुझाउन सकिने गरी बनाइएको एप बाट शिक्षक ले कक्षाकोठामा विद्यार्थीलाई अति सरल तरिकाले विज्ञानका जटिल सिद्धान्तहरू सजिलै बुझाउन सक्ने दावी उनीहरूले गरेका छन ।

Facebook Comments