• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख




दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६३ करोड ५५ लाख २० हजारको बजेट विनियोन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर शुवासको अध्यक्षतामा वसेको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले बजेट प्रस्तुत गर्नु भएको थियो ।May be an image of 6 people, people standing and indoor
गाउँपालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, आर्थिक विकासलाई मुख्य प्राथिमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले पुँजिगत तर्फ २८ करोड ६१ लाख ७९ हजार अर्थात (४६ प्रतिशत) र चालु तर्फ शिक्षा स्वास्थ्यको तलव भत्ता कार्यक्रम,सामाजिक सुरक्षा रकम ६ करोड ५० लाख सहित ३४ करोड ९३ लाख ४१ हजार अर्थात (५४ प्रतिशत)बजेट विनियोजन गरेको हो ।
उक्त बजेट मध्य नेपाल सरकारलको अनुदान बाट ४५ करोड ८४ लाख, संघिय राजश्व बाँडफाँडबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान बाट ३ करोड ४७ लाख,प्रदेश राजस्व बाँडफाँड बाट ७७ लाख र आन्तरीक राजस्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दात १ करोड आय अनुमान गरिएको छ ।
“सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली” भन्ने मुल नाराका साथ गाउँपालिकाले शिक्षामा सबै भन्दा धेरै २० करोड ६५ लाख र स्वाथ्य तर्फ १० करोड १७ लाख गरी जम्मा ३० करोड ८२ लाख अर्थात कुल बजेटको ४९ प्रतिशत बजेट विनियोजन गरेको छ ।
त्यस्तै गाउँपालिकाले तलवभत्ता , कार्यालय संचालन तथा व्यवस्थापन लगायत प्रशासनिक तर्फ ८ करोड अर्थात कुल बजेटको १२ प्रतिशत खर्च अनुमान गरिएको छ । गाउँ सभामा बंगलाचुली गाउँपालिकाको आ.ब. २०७९/०८० को आर्थिक विधेयक, २०७९ सभाका सदस्य झविन्द्र वहादुर गाहामगर र बंगलाचुली गाउँपालिकाको आ.ब. २०७९/०८० को विनियोजन विधेयक,२०७९सभाका सदस्य मैते पुन मगरले पेस गर्नुभएको थियो ।
May be an image of 3 people, people sitting, people standing and text that says "बंगलाचुली गाऊँपालिका दोसो गाऊँ सभा (पहिलो अधिवेशन) आयोजक बंगलाचुली गाउँपालिका २०७ असार २असार t. १0 २११ गते गाऊँ कार्यपालिकाको कार्यालट कमिरेचौर, दाड लम्बिनी प्रदेश नेपाल अध्यक्ष उपाघ्यक्ष"
यसैविच आजै गाउँसभा बाट पालिका उपाध्यक्ष भक्त बहादुर जिसिको संयोजकत्वमा न्यायिक समिति समेत गठन गरिएको छ ।स्थानिय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकामा उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहेको छ ।
Facebook Comments