• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटको बजेट ८६ करोड बढी




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाको एघारौं नगरसभा उद्घाटन भएको छ । एघारौं नगरसभाको उद्घाटन नगर प्रमुख महेन्द्र केसीले आज शुक्रबार पानसमा बत्ति बालेर गर्नु भएको हो ।No description available.

नगर सभामा आर्थिक बर्ष २०७९/०८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम र प्रस्ताबित बजेट पेश गरिएको छ । स्थानीय तहको निर्वाचन पछिको एघारौं नगर सभामा २९ पृष्ठ लामो रहेको नीति तथा कार्यक्रम र ११ पृष्ठ रहेको बजेट बक्तब्य पेश गरिएको छ ।

११ पृष्ठ रहेको बजेट बक्तब्यमा जम्मा रकम ८६ करोड ७२ लाख ७१ हजार ५ सय २५ रुपैयाँ विनियोजन गरिएको छ । कुल विनियोजन रकम मध्ये चालु तर्फ ४८ करोड ५२ लाख ४४ हजार ५ सय २५ रुपैयाँ अर्थात ५५.९५ प्रतिशत रकम विनियोजन गरिएको छ भने पुँजीगत तर्फ रु. ३८ करोड २० लाख २७ हजार रुपैयाँ अर्थात ४४.०५ प्रतिशत रकम विनियोजन गरिएको छ । प्रस्ताबित कुल विनियोजन रकम मध्ये संघीय समानीकरण अनुदान तर्फ १३ करोड ८ लाख विनियोजन गरिएको छ ।No description available.

त्यसैगरि संघीय सरकारवाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम रु. १० करोड ७२ लाख ४३ हजार, प्रदेश सरकारवाट समानिकरण अनुदान १ करोड ३३ लाख ४४ हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम ११ लाख ३४ हजार ५ सय २५ रुपैयाँ, संघीय सरकारवाट सर्शत अनुदान रु. ४९ करोड ३१ लाख, विशेष अनुदान ७५ लाख र समपुरक अनुदान रकम १ करोड ५० लाख विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकारको शर्सत अनुदान ३ करोड ६१ लाख ५० हजार र स्थानीय राजश्व वाँडफाँड तथा स्रोत परिचालन गरि आन्तरिक आयतर्फ ३ करोड ३० लाख अनुमान गरिएको छ भने आर्थिक बर्ष २०७८/०७९ को बाँकी मौज्दात रकम रु. ३ करोड पनि आगामी आर्थिक बर्षका लागि प्रस्तावित गरिएको छ । जसमा संस्थागत तथा सुशासन विकास समिति तर्फ २० लाख रुपैयाँ, सामाजिक विकास समिति तर्फ १ करोड १५ लाख रुपैयाँ, आर्थिक विकास समिति तर्फ १ करोड १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यसैगरि पूर्बाधार विकास समिति तर्फ २ करोड ५० लाख रुपैयाँ, वाताबरण तथा बिपद ब्यबस्थापन समिति तर्फ ४० लाख रुपैयाँ र बिध्येक समिति तर्फ १८ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

उपप्रमुख बिमल कुमार पुनद्धारा प्रस्ताबित बजेटमा स्थानीय योजना तथा कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको १ र ११ नम्बर वडामा १ करोड १५ लाखका दरले र बाँकी १२ वटा वडामा १ करोडका दरले समेत बजेट बिनियोजन गरिएको छ । नगर प्रमुख महेन्द्र केसीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, कृषि, सिचाँइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समाबेश गरिएको छ ।No description available.

त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक बिकास निर्माण लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको बताइएको छ । नगर प्रमुख महेन्द्र केसीले छलफलका लागि पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बिमल कुमार पुनले पेश गरेको बजेटमा छलफल गर्नका लागि भने पूनः नगरसभाको अर्को बैठक बस्ने भएको छ । बिषयगत समिति र कार्यपालिका हुदै सबैतिर दफावार छलफल गरि फेरि बस्ने नगर सभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताइएको छ ।

Facebook Comments