• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रीनगर सल्यानकोे शिव माविमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न




सज्जिता केसी
सल्यान, ९ असार । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको लक्ष्मी लघुबित्त बित्तीय संस्था लिमिटेडको आयोजनामा आज बिहीबार शारदा नगरपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शारदा नगरपालिका १२ स्थित शिव मा. बि. मुलडाँडामा कार्यक्रम भएको हो ।

लक्ष्मी लघुबित्त बित्तीय संस्था लि श्रीनगर शाखाको शाखा प्रमुख मन्जु बिसीले बित्तीय साक्षरताको बारेमा बोल्दै उहाँले थोरै बचत गर्दै उत्पादन मुलक क्षेत्रमा लगानी गरि आय आर्जनको श्रोत बढाउन सकिने बताउनु भएको थियो ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ४४ जना बिद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो भने कार्यक्रममा संस्थाको कर्मचारीहरुले कर्जा, बचत, मोबाइल बैंकिङ, रेमिटेन्स , मोबाइल एप आदिको बारेमा आ(आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
लक्ष्मी बैक लिमिटेडको सहायक कम्पनीका रुपमा स्थापित लक्ष्मी लघुबित्त वित्तीय संस्था लिमिटेडले देशभर करिब ९० शाखाबाट बित्तिय सेवा प्रबाह गर्दै आएको छ ।

Facebook Comments