• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा (बहुमत) दाङको संयोजकमा तिलक पुन




धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले विशेष भेला सम्पन्न गरेको छ । उक्त भेलाद्वारा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।

दाङ घोराहीको नारायणपुरमा भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि सार्दूलले संसारमा चुनावी प्रक्रियामार्फत सर्वहारा वर्गको राज्यसत्ता स्थापना नभएको स्मरण गराउँदै झनै दलाल संसदीय व्यवस्थामा सामान्य नागरिकले चुनाब जितेर राज्यसत्ता बदल्ने कल्पनासमेत गर्न नसकिने बताए ।

त्यस्तै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुनले एकीकृत जनक्रान्तिका नाममा १२ जनाले रगत बगाएको स्मरण गर्दै क्रान्तिमा क्रान्तिको झण्डा आफूहरूले झुक्न नदिने बताए । यस्तै भेलाले तिलक पुनको नेतृत्वमा जिल्ला भेला आयोजक समितिसमेत गठन भएको छ ।

भेलामा नेकपा (बहुमत) लुम्बिनी ब्युरो प्रकाशन तथा प्रचार/प्रसार विभाग प्रमुख नवीन, पाल्पा जिल्ला संयोजक दिग्दर्शन, गुल्मी जिल्ला संयोजक चिराग, अर्घाखाँची जिल्ला संयोजक बारुद, अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य इन्दु वलि, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य हिमाल लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सुर्यप्रकाशले गरेका थिए ।

Facebook Comments