• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङद्वारा केन्द्रीय परिषद सदस्यको नाम सिफारिस




नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङले केन्द्रीय परिषद् सदस्य सिफारिस गरेको छ ।

जिल्ला कमिटी दाङको पदाधिकारीहरुको बैठकले तीनवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय परिषद सदस्यको नाम सिफारिस गरेको हो । पार्टी जिल्ला अध्यक्ष शुरामणि बेलबासेको अध्यक्षतामा र पार्टी केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यतामा बसेको बैठकले क्षेत्र नं १ बाट मुकुन्दराज रोका र मिना गुरुङ, क्षेत्र नं २ बाट भुपबहादुर केसी र चित्रा धिताल, क्षेत्र नं ३ बाट प्रेमबक्स मिँया र चित्रा मल्ललाई सिफारिस गरेको छ ।

केन्द्रीय परिषद्मा दाङबाट पार्टी केन्द्रीय कमिटीबाट ६ जना, केन्द्रीय अनुशासन आयोगबाट ४ जना, केन्द्रीय सल्लाहाकार परिषदबाट ५ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मँचबाट ४ जना र पार्टी जिल्ला अध्यक्ष सहित २६ जनाको सहभागीता रहने छ ।

पार्टी जिल्ला सचिव मिना गुरुङ केन्द्रीय परिषद सदस्यको जिम्मेवारीमा गए पछि रिक्त रहेको जिल्ला सचिवमा उपसचिवको जिम्मेवारी वहन गरिरहनु भएका डिल्ली डाँगीले वहन गर्ने निर्णय गरिएको कार्यालय सचिव गजेन्द्र खड्काले जानकारी दिनुभयो ।

पदाधिकारी वैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन, रासायनिक मलको सुपथ मुल्यमा सहज उपलब्ध गराउन सरकार सँग माग गरेको छ । चरम मँहगीले गरीव जनताको जीवन कष्टपूर्ण भएको हुँदा मँहगी नियन्त्रण गर्न माग गरेको छ । बैठकले विषेश संगठन अभियानलाई थप तिब्र बनाउने, जन संगठनका भेला बैठक गर्ने, प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ ।

Facebook Comments