रुकुम (पश्चिम)काे मुसिकोट नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे समन्वयमा प्रदेश सुशासन केन्द्र सुर्खेतले पालिकास्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेकाे हाे ।
यहि असार ८ गते नगरपालिकाकाे हल सेरीगाउँमा कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकामा पछाडि परेका र पारिएका जाती, धर्म, लिङ्ग र बर्ग तथा क्षेत्रका समुदायकाे हक, हित र अधिकारका पक्षमा पालिका स्तरीय रणनीति निर्माण गर्न सराेकारवालासँग छलफल गरिएकाे बताइएकाे छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र नगरपालिका अन्तरगतका बिषयगत शाखा प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको सहजीकरण प्रदेश सुशासन केन्द्र सुर्खेतका कार्यक्रम सहायक माधवी नेपाल, स्वतन्त्र बिज्ञ जानकी कुवँर र प्रेम बहादुर ओलीले गर्नु भएकाे थियाे । आजकाे छलफलपछि रणनीतिक ड्राफ्ट तयार पारिएकाे र भाेली बस्ने कार्यपालिकाकाे बैठकमा पेश गर्ने बताइएकाे छ । कार्यपालिकामा छलफल गरि नगरसभाबाट अनुमाेदन भएपछि उक्त रणनीति नगरपालिकामा लागु गरिने छ ।

Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।