• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिमेन्ट उद्योग प्रभावित नागरिक पुनः आन्दोलित, सहमति कार्यान्वयन नभए टिप्पर चल्न नदिने




घोराही–बंगलाचुली सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिले विगतका सहमति कार्यान्वायन नहुँदासम्म टिप्पर सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष नारदमणि पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुनाल घिमिरे, घोराही १७ का अध्यक्ष रामलौटन चौधरी, घोराही १८ का सदस्य किरण पोख्रेललगायतको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।

‘असार ७ गते सोनापुर सिमेन्टका केही टिप्पर जबरजस्ती चलाउन खोजेकाले उक्त कार्यको बिरोध गर्दै सरोकार समितिसँग जिल्ला प्रशासन, बंगलाचुली गाउँपालिका र घोराहीका वडाहरुबीच विगतमा सहमति कार्यान्वायन नगर्दै कुनै पनि हालतमा टिप्पर सञ्चालन गर्न नदिने निर्णय गरियो’– बैठकपछि संयोजक पोख्रेलले भन्नुभयो ।

साथै नेपालको संविधानले नागरिको मौलिक हकमा ग्यारेन्टी गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित नहुँदै टिप्पर सञ्चालनमा जबरजस्ती नगर्न पनि बैठकले सबैलाई सचेत बनाएको छ ।

बैठकमा सडक प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिसहित झण्डै एक सय स्थानीयबासीको उपस्थिति रहेको थियो ।

यसैबीच सोनापुर सिमेन्ट उद्योगले जबरजस्ती टिप्पर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले बिरोध गरेका छन् ।

यसअघि पटकपटकको आन्दोलनपछि टिप्पर सञ्चालन बन्द भए पनि सोनापुर सिमेन्टले बंगलाचुली १ मा सञ्चालन गर्न थालेको नयाँ खानीमा जबरजस्ती टिप्पर चलाउन खोजेको भन्दै स्थानीयबासीले बिरोध गरेका छन् ।

स्थानीयबासीसँग कुनै सल्लाह नगरी मंगलवार जबरजस्ती ३१ वटा टिप्पर पठाएपछि स्थानीयबासी स्वस्फूर्तरुपमा आन्दोलित भएका हुन् । वडा नम्बर १ र २ का नागरिक बिरोधमा उत्रिएपछि घोराहीबाट प्रहरीसमेत पठाइएको थियो । स्थानीयबासीको बिरोधपछि सर्वपक्षीय छलफल गरेर मात्रै टिप्पर चलाउने गरी तत्कालका लागि टिप्पर सञ्चालनमा बन्द गरिएको बंगलाचुली १ का अध्यक्ष बिष्णु कँवरले जानकारी दिनुभयो ।

गाउँपालिका, सिमेन्ट उद्योग र प्रभावित क्षेत्रका बासिन्दाबीच असार १२ गते सर्वपक्षीय छलफल गरेर निकास खोज्ने तयारी भएको बंगलाचुली २ का अध्यक्ष मैते पुनले जानकारी दिनुभयो ।

यसअघि जेठ २५ गते बंगलाचुलीमा भएको सरोकारवालाहरुको सर्वपक्षीय बैठकले पनि पुराना सहमति कार्यान्वायन नगरी टिप्पर चल्न नदिने निर्णय गरेको थियो ।

तस्विर क्याप्सनः जेठ २५ गते बंगलाचुलीमा भएको सर्वपक्षीय भेला

Facebook Comments