• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गा.पा अध्यक्ष विष्टद्वारा विद्यार्थीहरूलाई योग सिकाउँदै




सिसहनियाँ ७ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मंगलबार विद्यार्थीहरूलाई योग अभ्यास गराएका छन् ।

मानवताका लागि योग भन्ने नाराका साथ मंगलबार परेको विश्व योग दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा अध्ययरत कक्षा १० का विद्यार्थीहरूलाई विभिन्न आसनको माध्यमबाट योग अभ्यास गराएका हुन् ।

विद्यालय अनुगमनका गएका अध्यक्ष विष्टले पढाइ सँगै विद्यार्थीहरूका लागि योग अभ्यास अत्यन्त जरूरी रहेको बताएका थिए । मानव स्वास्थ्य भएका मात्र पढाइ वा अन्य काम गर्न सक्षम हुने भएकाले विद्यालयले पनि योग अभ्यासको थालनी गराउनु पर्ने सुझाव दिएका थिए ।

पढाइ सँगै योग अभ्यास र ज्ञानज्ञुनका कुरा सिक्न पाएकोमा विद्यार्थीहरू समेत खुसी भएका थिए । स्वास्थ्यका लागि योग अभ्यास सिक्न पाएको भन्दै विद्यार्थीहरूले अध्यक्ष विष्टलाई धन्यवाद समेत दिएका थिए ।

योग अभ्यास कार्यक्रममा शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखा अधिकृत धनप्रसाद शर्मा , शंकर मावि पिपरीका प्रधानाध्यापक सुवर्णमान चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दंगाली अनलाइन खवरका सञ्चालक भुवन पाैडेल,सिस्ने अनलाइनका सम्बादाता जगत खनाल  लगायतको सहभागीता रहेको थियोे ।

Facebook Comments