• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पारिश्रमिक उपलब्ध गराउन माग गर्दै रेडियोका पत्रकार आन्दोलित




रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै रेडियोमा काम गरेका पत्रकारहरु श्रमजीवी-पत्रकार संघ, नेपाल संघर्ष समितिकाे नाममा आन्दोलित भएका हुन् । पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् ।

श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएकाे आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध र्यालीमा पिडित पत्रकार सहित जिल्ला स्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पिडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिलाई माग गरेका छन् ।

समस्याका बारेमा नगर प्रमुख रवि केसीलाई पनि जानकारी गराईएको छ । नगर प्रमुख केसीले समस्या समाधानका लागि पहल गर्ने प्रविद्धता जनाएका छन् ।

पहिलो चरणको आन्दोलन अन्तरगत असार ९ गते सामाजिक सञ्जाल मार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नारावाजीको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक सत्य बटालाले जानकारी दिए । त्यति गर्दा पनि माग पुरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

रेडियोमा काम गरेका ६ जना पत्रकारहरुले १ वर्षभन्दा बढी समय देखिको पारिश्रमिक पाउन बाँकी रहेको उनीहरुको भनाई छ । बारम्बार पारिश्रमिकको माग गर्दा पनि नपाएपछि बाध्य भएर आन्दोलित हुनु परेको उनिहरुले बताएका छन् । करिब १० लाख पारिश्रमिक पाउन बाँकी रहेको पिडितहरुको भनाई छ ।

Facebook Comments