सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको नाम घोषणा गरेका हुन् ।
लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
यो पार्टी युवाहरुको पार्टी बन्ने उद्घोष गर्दै पार्टीमा ५० प्रतिशत युवाहरु रहने र पार्टीमा कार्यकर्ता भएर हिड्नु नपर्ने उनको भनाइ छ । साथै उनले चुनाव चिन्ह घन्टी समेत घोषण गरेका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।