• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मानसिक रूपमा खुशी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन: शिक्षामन्त्री पौडेल




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताउनुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभयो । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उहाँले भन्नुभयो, ‘प्रकृतिको नाशासाधन गर्नसक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’

प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताउनुभयो । उहाँले प्रकृतिमा बाँच्नका निम्ति बनस्पती र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थति बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उहाँले भन्नुभयो ।

‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उहाँले भन्नुभयो, ‘आत्मक संमृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’

मन, बचन र कर्ममा आनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उहाँले बताउनुभयो । ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौं’उहाँले भन्नुभयो ।

Facebook Comments