• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रजातान्त्रिक उद्यमी संघको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा : केसी




दाङ, ४ असार । दाङमा प्रजातान्त्रिक उद्यमी संघको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संघको आयोजनामा आज शनिबार घोराहीमा एक कार्यक्रमकाबीच सो अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशनले मानु केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा उद्योग उपाध्यक्षमा छवि नारायण गिरी, बाणिज्य उपाध्यक्ष तेज बहादुर पौडेल , महासचिव श्रीधर धिताल, सचिब लिलाराम खड्का , कोषाध्यक्ष ऋषि पोख्रेल सदस्यहरुमा पदम नेपाली,धानेस्वर बुढा, युबराज पोख्रेल , हेमन्त कुमार रेग्मी, हिमाल महरा, मुक्तिराम खनाल, बिनोद डांगी चयन भएका छन् ।

त्यसैगरी संगठन बिभाग प्रमुख प्रकास भट्ट , सूचना, सन्चार तथा प्रचार बिभाग प्रमुख सुनिल गुप्ता, आर्थिक बिभाग प्रमुख प्रेम बहादुर डांगी, प्रशिक्षण बिभाग प्रमुख संकर सिंह चयन भएका हुन् ।

प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरु प्रसाद कडेलको अध्यक्षता एवं लुम्बिनी प्रदेश जलश्रोत राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

उक्त साधारणसभामा संघका कोषध्यक्ष भुबन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी , सल्लाहकार श्याम प्रकाश सुबेदी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय शभापती भिम प्रकाश खड्काले मन्तव्य व्यक्त गरे ।

त्यस्तै अधिवेशनको पहिलो बैठकले सल्लाहकार समिति चयन गरेको छ । जसमा भुप बहादुर डांगी, श्याम प्रसाद सुवेदी, खड्क बहादुर बुढाथोकी , बसन्त जोशी, दिपक सुवेदी, भिम प्रकाश खड्का , संकर डांगी, प्रकस श्रेष्ठ , तिलक रावतलाई संघले सल्लाहकारमा चयन गरेको हो ।

संघका उपाध्यक्ष मधुसूदन अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव सुशीला प्राकश आचार्यले गरेका थिए ।

Facebook Comments