• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीलाई हराउँदै टरिगाउँ बि बिजयी, राप्ती उपबिजेता




प्रेमबहादुर राम्जा
दाङ, ४ असार । दाङको तुलसीपुरमा जारी सुसेली फुटबल प्रतियोगिताको उपाधी टरिगाउ युबा क्लब तुलसीपुरले हात पारेको छ । दाङको बेलझुण्डीमा भएको फाइनल खेलमा राप्ती क्लब घोराहीलाई हराउदै टरिगाउँले उपाधी हात पारेको हो ।प्रतिस्पर्धात्मक खेलमा टरिगाउले २-० गोल अन्तरले उपाधी हात पारेको हो । उपाधिसङ्गै टरिगाउले ५० हजार नगद, मेडल तथा ट्रफी हात पार्यो भने उपबिजेता भएको राप्ती क्लबले नगद २० हजार, मेडल तथा ट्रफी हात पारेको छ ।

अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री सहयोगार्थ सन्चालन गरिएको प्रतियोगिता जेठ २९ गतेदेखी सुरु भएको थियो । तुलसीपुर १८ मा रहेको सुसेली युबा क्लबको आयोजनामा प्रतियोगिता सन्चालन भएको थियो ।

यसैबिच प्रतियोगिता औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । प्रतियोगिता संयोजक अर्जुन पुन मगरको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।

समापन कार्यक्रममा फुटबल संघ दाङका उपाध्यक्ष पवन योगि, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब बिनिल केसी, नेपाली काङ्ग्रेस तुलसीपुर १८ का वडा सभापती बिरेन्द्र खड्काले बोल्नुभएको थियो ।

कार्यक्रममा एन्फा रेफ्री खुमबहादुर वली, बिनोद बिक र सुरेश बुढा मगरलाई सम्मान गरिएको थियो । यस्तै प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रयोजन, सहयोग तथा सहयोगी ब्यक्ती एब सस्थालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण रोहन पुनले गर्नुभएको थियो ।

Facebook Comments