• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोपिचारको विद्यालयमा खानेपानीको चरम अभाव




निराजन सिर्पाली / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ खोपिचारमा रहेको जनता आधारभुत विद्यालयमा खानेपानीको चरम समस्या देखिएको छ । दुधिल्ला गहिरा,भैसेखाल हुँदै झिङ्री जोड्ने सडक खन्ने क्रममा पानीको मुहानमा क्षति भएपछि आधारभूत बिद्यालय खोपिचारमा खानेपानीको समस्या देखिएको हो ।

करिब एक महिनादेखि बिद्यालयमा खानेपानी नहुदा पिउने पानी र विद्यार्थीहरुलाई दिवाखाजाको लागि नास्ता बनाउन निकै गाह्रो हुने गरेको शिक्षक नवीन बुढाथोकीले जानकारी दिनुभएको छ ।

साथै विद्यालयलाई यो समस्या बाट निकास दिई विद्यार्थी र शिक्षकहरुमा पर्न जाने असरलाई तत्काल सम्बन्धित निकायले ध्यान दिन विद्यालयले अपिल गरेको छ ।

Facebook Comments