• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाद्वारा एसपीपी सम्झौताविरुद्ध देशव्यापी विरोध प्रदर्शन




काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले एसपीपी सम्झौता विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौँको शान्तिबाटिकामा भएको प्रदर्शनमा बोल्ने वक्ताहरुले अमेरिकाले हाम्रो स्वतन्त्रता र स्वाधिनता विरुद्ध, उदियमान शक्ति राष्ट्र चीन विरुद्ध घेरा हाल्ने र उसको फैलदो प्रभावलाई रोक्ने नीति अन्तर्गत नेपालको भूमि प्रयोग गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन निर्माणले देशको अस्तित्व संकटमा रहेको भन्दै यसका लागि सबै देशभक्त राष्ट्रवादीहरु एकजुट भइ प्रतिरोध युद्द गर्नु पर्ने आवश्यकता आएको बताए ।

उनले भने, एमसीसी पास गर्दा पनि नेपालका केही दलाल शासकहरुले यो विशुद्ध आर्थिक परियोजना हो भन्थे, हामीले त्यतिबेलै यो सैन्य रणनीतिसङ्ग सम्बन्धित छ भनेर विरोध गरेका थियौँ तर अहिले एसपीपीको प्रस्तावसम्म आइपुग्दा त्यो प्रमाणित भएको छ । एमसीसी देशविरोधी छ भन्ने कुरा प्रस्ट हुँदाहुँदै व्याख्यात्मक घोषणाको नाटक मञ्चन गरेर पास गरियो जसको न कुनै राजनीतिक वैधता छ न त कानुनी रुपमा नै यसको कुनै औचित्य छ । जतिबेला प्रधानमन्त्री ओली, रक्षा मन्त्री इश्वर पोख्रेल र विदेशमन्त्री प्रदिप ज्ञवाली थिए त्यति बेला नै नेपालले एसपीपीको लागि प्रस्ताव गरेको रैछ ।´ मन्तव्यको क्रममा नेता निर्माणले भने,नेपाली सेनाका पूर्व सेनापति पुर्णचन्द्र थापाको कार्यकालमा बरु एसपीपीलाई अघि बढ्न रोकेको देखियो, यो देशभक्तिपूर्ण काम हो, हामीले यसको प्रशंसा गर्छौ, प्रेमसिंङ बस्न्यात जस्ता अवकास प्राप्त अफिसरहरु अहिले पनि राष्ट्रिय स्वाधिनताको मामलामा लडिरहनु भएको छ, हामीले हाम्रो देशको अस्तित्व संकटमा पर्ने बेला एकजुट हुन जरुरी छ, आइपर्दा राष्ट्रिय प्रतिरोध युद्द गर्नु पर्ने हुन्छ ।´

विरोध प्रदर्शनमा गो ब्याक अमेरिका, एमसीसी हामीलाई चाहिदैन, एसपीपी मुर्दावाद, दलाल सरकार मुर्दावाद भन्दै नाराजुलुससहित सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरू अनिल शर्मा विरही, चिरन पुन, रामलाल विश्वकर्मा, आस्थाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीले एसपीपी सम्झौता विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

Facebook Comments