दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले आफु यो पार्टीमा संसफवादी भएर नमर्ने बताएका छन् । उनले पछिल्लो चुनावी प्रयोगको बिषयलाई लिएर विप्लबको पार्टी संसदवादी भयो भन्ने धारणा बारे यस्तो प्रस्टीकरण दिएका हुन् ।
विप्लब संसदवादी भए भन्दै कन्चन – सुदर्शनले पार्टी फुटाउने कार्य अवसरबादी कदमको संज्ञा दिए । कन्चन – सुदर्शनको पार्टी फुटपछिको प्रस्तावलाई जैसीको पात्रो जस्तो भएको टिप्पणी गरे।
हिजो बिहीबार दाङको घोराहीमा सम्पन्न राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा कन्चन – सुदर्शनहरुले भालु तर्साउने हवाई फाएर मात्रै भएको बताउदै कतै भ्रमित नभएर क्रान्तिकारी युवाहरु बिचल्लित नहुन अपिल समेत गरे । उनले कन्च-सुदर्शनको पछी लागेर क्रान्ति हुन नसक्ने दावी गरे ।
उनले भने ‘क्रान्ति गर्ने पार्टी बनाउने हो, चन्दा उठाएर खाने पार्टी बनाउने होइन । संसदबादीहरुले उनको आँखाले हेर्दा हामीलाई संसदबादी देखे तर हामी संसदबादी होइनौ, हाम्रो दस्तावेजमा क्रान्तिको चित्र कोरिएको छ ।’ विप्लबले भने ‘आफ्नो कार्यदिशा देखेर आफै तर्सने कन्चनले कार्यकर्तालाई ढाँट्दै पुर्बाहग्रह पोखेर क्रान्ति हुँदैन ।’
पार्टीलाई फुटबाट जोगाउन आफु एक कदम पछि हटेको र अझै पछी हट्ने तयार हुँदै गर्दा मिडिया बाजी गर्नु नियति र पुर्बाहग्रह भएको बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।