दाङ। नेकपा केन्द्रीय समितिको आयोजनामा दाङमा संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण शुरु भएको छ । नेकपाको केन्द्रीय समितिको १३ औं केन्द्रीय समितिको उदयपुरमा सम्पन्न पूर्ण बैठकको भाव सम्प्रेषण गर्न प्रशिक्षणको आयोजना गरिएको हो ।

दाङ,सल्यान,रोल्पा,रुकुमपश्चिम,पुर्व रुकुम र प्युठान जिल्लाको संयुक्त प्रशिक्षण दाङमा सुरु भएको हो । करिब ३ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य बिषम, केन्द्रीय सदस्यहरुले प्रशिक्षण दिने बताइएको छ ।

प्रशिक्षणमा पार्टी केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी, जिल्ला सल्लाहकार, जिल्ला सदस्यहरु, विशेष कमिटीका सदस्यहरु, सहिद तथा बेपत्ता परिवारजनको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु आदर्श,विश्व,सुन्दर,सबिन,जागृति,बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेशको आतिथ्य रहेको छ।

नेकपाका केन्द्रीय सदस्य एवम रोल्पा जिल्ला इन्चार्ज सुबासको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले गर्नुभएको छ।

फोटोफिचर: