• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को फाँटा र पुरुङमा बस्तिस्तरका योजना संकलनकार्य सम्पन्न




असार १ कमिरेचौर
दाङको बंगलाचुली गाउँपालिकाले बस्तिस्तरका योजना संकलनको कामलाई निरन्तर जारी राखेको छ । बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि योजना संकलनको थालनी गरेको हो ।

गाउँपालिकाको ८ वटै वडा कार्यालयहरुले अहिले योजनाको संकलन गर्ने कार्यको थालनी गरेको बंगलाचुली गाउँपिकाको कार्यालयले जानकारी दिएकोछ । जस अनुसार आज बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को फाँटा र पुरुङमा वडा भेला तथा योजना संकलनको काम गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटामा वडा सदस्य बाेधे दमाई को अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको प्रमुख आतिथ्यमा योजना संकलन गरिएको हो ।बंगलाचुली गाउँपालिका वडा नम्बर ४ पुरुङमा वडा सदस्य नारायणी गिरीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको प्रमुख आतिथ्यमा योजना संकलन गरिएको हो । भने वडा भेलामा स्थानियहरुले सडक विस्तार,भकार सुधार ,मन्दिर निर्माण ,विद्धुत विस्तार,विद्यालय भवन निर्माण लगाएतका योजनाहरु स्थानियले टिपाएका छन् । वडाका टोल टोल बाट संकलित योजनाहरु बंगलाचुली गाउँपालिकाको गाउँसभाले पारित गरि योजनाहरु कार्यान्वयन हुनेछन्।

Facebook Comments