• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दीपेन्द्र नेपालको इतिहासकै उच्च स्थानमा




काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को नयाँ टि२० आई वरियता अलराउन्डरतर्फ नवौ स्थानमा रहेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र नेपालको इतिहासकै उच्च स्थानमा छन् ।
अलराउन्डरतर्फ दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नवौ स्थानमा छन् । यसअघि १० औं स्थानमा थिए । अफगानिस्तानका मोहम्मद नाबी टि२० को अलराउन्डरतर्फ शीर्ष स्थानमा छन् । बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोईन अली तेस्रो, अष्ट्रेलिया ग्लेन म्याक्सवेल चौथो र इंग्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौं स्थानमा छन् ।

युएईका रोहन मुस्तफा छैटौं, नामिबियाका जेजे स्मित सातौं र ओमानका कप्तान जिशन मकसुद आठौं स्थानमा छन् । दीपेन्द्रपछि श्रीलंकाका वानिन्दु हसरंगा दशौं र दक्षिण अफ्रिकाका एडेन माक्ररम ११ औं स्थानमा छन् ।

टि२० आईको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं, दीपेन्द्र ४३ औं र आसिफ शेख ९७ स्थानमा छन् । भुर्तेल एक स्थान सुधार गर्दा दीपेन्द्र यथावत रहेका हुन् । पाकिस्तानका बाबर आजम शीर्ष र मोहम्मद रिजवान दोस्रो स्थानमा छन् ।
टि२० आईको बलिङतर्फ नेपालका सन्दीप लामिछाने ३९ औं र अभिनाश बोहरा ९० औं स्थानमा छन् । अभिनाशले एक स्थान सुधार गर्दा सन्दीप यथावत रहेका हुन् ।
ओडिआईतर्फ भने उपकप्तान रोहित पौडेल एक स्थान सुधार गर्दै ८२ औं स्थानमा छन् । पाकिस्तानका बाबर आजम ओडिआईमा पनि शीर्षस्थानमा छन् । ओडिआईको बलिङतर्फ सन्दीपले एक स्थान सुधार गर्दै ४३ औं स्थानमा छन् ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्षस्थानमा छन् । नेपाल नयाँ वरियतामा टि२० आईमा १३ औं र ओडिआईमा १९ औं स्थानमा यथावत छ ।

Facebook Comments