• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोट नगरपालिकामा स्वास्थ्य संस्था प्रमुखहरूको बैठक सम्पन्न




रुकुम, १ असार । रुकुम (पश्चिम)काे मुसिकोट नगरपालिकामा स्वास्थ्य संस्थाका प्रमुखहरुकाे बैठक सम्पन्न भएकाे छ । नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाकाे आयाेजनामा यहि असार १ गते बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखहरुकाे बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा आर्थिक बर्ष २०८९/०८० का लागि स्वास्थ्य तर्फ बिनियाेजन हुने बजेट र कार्यक्रमका बिषयमा प्रारम्भिक छलफल गर्नुका साथै सुझाप संकलन गरिएकाे छ ।त्यसैगरि बैठकमा स्वास्थ्य संस्थाकाे तथ्याङ्क शुद्धीकरण र स्थलगत अनुशिक्षण समेत गरिएकाे बताइएकाे छ । नगर प्रमुख महेन्द्र केसी र उप प्रमुख बिमल कुमार पुनकाे विशेष उपस्थितिमा सम्पन्न बैठकमा स्वास्थ्य सेवा कार्यालय रुकुम (पश्चिम)का निमित्त स्वास्थ्य ब्यबस्थापक बिष्णु बहादुर बुढाथोकी, स्वास्थ्यकाे लागि सक्षम प्रणालीका बरिष्ठ स्वास्थ्य प्राबिधिक अधिकृत ऋषि न्याैपाने र स्वास्थ्य प्राबिधिक अधिकृत उपेन्द्रराज ढकालकाे समेत सहभागिता रहेकाे थियाे ।

नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मान बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा नगर क्षेत्रभित्र रहेका १६ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे । बैठक नगरपालिकाकाे सभाहल सेरीगाउँमा सम्पन्न भएकाे हाे ।

Facebook Comments