• ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुर्माखाँद गाउँपालिका ८ को वडास्तरीय वार्षिक बजेट तथा योजना तर्जुमा




कमल विक
अछाम, १असार । अछामको तुर्माखाँद गाउँपालिका – ८ धमालीमा वडास्तरीय वार्षिक बजेट तथा योजना तर्जुमा बैठक विभिन्न योजना प्राथमिकीकरण गर्दै सम्पन्न भएको छ। बुधबार तुर्माखाँद गाउँपालिका ०८ धमालीका वडा अध्यक्ष निरक बहादुर शाहीको अध्यक्षतामा बैठक बसी स्थानिय जन सहभागितामा बिभिन्न योजनाहरू छनोट गरिएको हो।

उक्त बैठक बाट शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि लगायतका विषयमा योजनाहरु प्राथमिकतामा राख्दै छनोट गरिएका हुन्। साथै दशवर्षे महान जनयुद्धका सहिद गोले विक क. आक्रमण र बल नेपाली क. सुजन काे सालिक निर्माण गर्ने समेत निर्णय गरेको छ।

बैठकमा नेकपा (एस) का जिल्ला कमिटि सचिवालय सदस्य कुल बहादुर शाही, विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सदस्य कुमार क्षेत्री, नेकपा माओवादीका (केन्द्र)का जिल्ला कमिटि सदस्य धुर्ब बहादुर विष्ट, नेकपा एमाले तुर्माखाँद गाउँपालिका का उप सचिव नमराज धमाला, नेपाल कम्युनिस्ट माओवादी (केन्द्र) का जिल्ला कमिटी सल्लाहकार सदस्य तपेन्द्र साहि लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments