• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मतदाता नामावली दर्ता आजदेखि शुरु




काठमाडौं, १ असार/ निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया शुरु गर्ने भएको छ । स्थानीय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरी आजदेखि शुरु गर्न लागेको आयोगले जनाएको हो।

सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ ।

यस्तै गरी आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाले पनि नाम लेखाउन सकिने आयोगले स्पष्ट परेको छ ।

Facebook Comments