नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले अर्थमन्त्री जनार्दन शर्माको बारेमा प्रकाशित समाचारको खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच भएको नियमित भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले केही समाचारमाध्यमले हिजो अध्यक्ष कमरेड र अर्थमन्त्रीबीचको भेटलाई लिएर सम्प्रेषण गरेको समाचारले अध्यक्षको ध्यानाकर्षण भएको र त्यसमा कुनै सत्यता नरहेको जनाउनुभएको छ ।
केही मिडियाले अध्यक्ष प्रचण्डले अर्थमन्त्रीलाई बोलाएर राजीनामा दिन भनेको दाबी गरेका थिय ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।