• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी घोषणापत्र कार्यान्वयन शुरु, राप्तीको बिकटमा बल्ने भयो बत्ती




जगत खनाल भालुबाङ जेठ २९

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जारी गरेको घोषणा पत्र कार्यान्वयन तर्फ गइरहेको छ !
राप्ती गाउँपालिकाभित्रका प्रत्येक गाउँटोलमा पुर्ण बिद्धुतिकरण गर्ने कार्यक्रम बनेको थियो !
राप्ती गाउपालिका वर्डा नम्बर ५ को बिकट गाउँ करङ्गेकोट, चित्रिकोट , थकरिकोट र घोम्ले आपमा अब विद्युत बत्ती बोल्ने भएको छ। लमही विद्युत कार्यलयका out fild का ओविराम केसि र अग्नु चौधरिको नेतृत्वमा अहिले घरघरमा लाइन र मिटर बक्स जडान भैरहेको छ।
गाउँका स्थानिय जनताहरुले पनि सहयोग गरिरहेका छन । बर्षौ देखिको उज्यालोमा रमाउने सपना देखेका त्यहाका जनताहरु खुसि भएका छन । सोही गाउँमा विद्युत जडान गर्न माग गर्दै निरन्तर लमही विद्युत कार्लयमा डेलिकेसनमा गर्न गएका राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्ट , नेकपा माओवादी केन्द्र लमहीका इन्चार्ज बसन्त शर्मा बिक्रान्त, नेकपा माओवादी केन्द्रका राप्ती गाउपालिका इन्जार्ज चित्र बहादुर थापा मगर , वर्डा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारि मगर, राप्ती गा.पा. मगर मुक्ति मोर्चाको अध्यक्ष मनोज दर्लामी मगर , सचिब शान्तराज बुढा मगर र सामाजिक अभियान्ता पार्टीको क्रियासिल युवा नेता शन्तराम सारु मगर निरन्तर प्रयास मा अहिले काम भैरहेको छ !
बिजुलि बत्ति बाल्न पाउने जनताको नैसर्गिक अधिकार भएकाले आफ्नो कार्यकालमा राप्तीका सबै गाउँटोलमा बिजुलि बत्ती जडान गर्ने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ !

Facebook Comments