• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा ग्रुपका शिक्षक शिक्षिकालाई परियोजनामा आधारित सिकाइसम्बन्धी दुई दिने तालिम




गोरखा ग्रुप दाङद्वारा सञ्चालित बिभिन्न विद्यालयका शिक्षकहरुका लागि दुई दिने परियोजनामा आधारित शिक्षण सिकाइ तालिम सम्पन्न भएको छ ।

गोरखा ग्रुप दाङका आयोजनामा भएको तालिममा शनिवार कक्षा ९ देखि १२ सम्मका शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको थियो भने आइतवार कक्षा ६ देखि ८ सम्मका शिक्षक शिक्षिकालाई तालिम दिइएको गोरखा ग्रुपका प्रमुख प्रमुख कार्यकारी अधिकृत नवल जीएमले जानकारी दिनुभयो ।

गोरखा ग्रुपअन्तर्गत सञ्चालित घोराही, तुलसीपुर, लमही र भालुवाङका शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको हो । परियोजनामा आधारित शिक्षण सिकाइसम्बन्धी विज्ञ डा. सुनिल पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले अब शिक्षककेन्द्रित होइन, बालबालिका केन्द्रित र कक्षाकोठा केन्द्रित होइन समुदाय केन्द्रित शिक्षण सिकाइ पद्धति लागु गर्नुपर्ने बताउनुभयो । सन् २००० पछि जन्मेका २१ शताब्दीका विद्यार्थीलाई कसरी पठाउन सकिन्छ भन्ने बिषयमा ‘टिचिङ मिलेनियल्सः प्रोजेक्ट बेस्ड लर्निङ अप्रोच’ शीर्षकमा शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको थियो । यसलाई परियोजनामा आधारित सिकाइ अर्थात प्राजेक्ट बेस्ड लर्निङ र छोटकरीमा पीबीएल बिधि भन्ने गरिएको डा. पोख्रेलले जानकारी दिनुभयो ।

कुनै बेला शिक्षकलाई विद्यार्थीले भय र त्रासको स्रोतको रुपमा लिने गरेको भए पनि अबका शिक्षक विद्यार्थी साथी, सहयोगी, सहजकर्ता, समन्वयकर्ता, प्रोत्साहनकर्ता र सामाजिक रुपान्तरणका मार्ग दर्शक भएकाले शिक्षक शिक्षिकाहरुलाई आफूलाई सोहीरुपमा प्रस्तुत गर्नुपर्ने डा. पोख्रेलले बताउनुभयो ।

अब विश्व, देश र समाजलाई सरोकार नभएका कोरा सैद्धान्तिक तथा विद्यार्थीको सरोकार नभएका बिषय पठाउनुभन्दा पनि विश्वमा वर्तमान समस्याको पहिचान गराइ विद्यार्थी आफैले समाधान गर्ने गरी शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

गोरखा ग्रुपको सिइओ नवल जीएमले पछिल्लो पाठ्यक्रमले विद्यार्थीकेन्द्रित र परियोजनामा आधारित शिक्षण सिकाइ क्रियाकलाप अवलम्बन गर्न खोजे पनि प्रायः विद्यालयहरुमा पुरानै ढर्राले पढाइ भइरहेकाले गोरखा ग्रुपले आफूमाताहतका विद्यालयको शिक्षणशैली परिवर्तन गर्न चाहेको बताउनुभयो । उहाँले कक्षा ६ सम्म यसअघि नै परियोजनामा आधारित पठनपाठन शुरु गरेको भए पनि ६ देखि १२ सम्म अब परियोनामा आधारित बनाउने बताउनुयो ।

कार्यक्रममा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मूल्यांकन बिधि र गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जीएमले पाठ्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

Facebook Comments