• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिसस रोल्पामा माओवादी प्यानल बिजयी, प्रमुखमा सिता आचार्य




जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् ।

समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।

२० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।

Facebook Comments