• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुणस्तरीय शिक्षाको विकास भएमात्र समाज र देशकाे विकास सम्भव हुन्छ : अध्यक्ष विष्ट




जगत खनाल / तुल बहादुर कवर
भालुबाङ, २८ जेठ । गुणस्तरीय शिक्षाको विकास भएमात्र समाज र देशकाे विकास सम्भव हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।

नेकपा ( माओवादी) केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले आयाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे।

साथै उहाँले राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने प्रविधियुक्त शिक्षा लागु गर्नका लागि विभिन्न शिक्षाविदहरुसँग छलफल भैरहेको र साेकाे लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक सहयाेग माग गर्ने बताउनु भएको छ।

विशिष्ट अथितिको आसनबाट बोल्दै अध्यक्ष विष्टले संविधानमा व्यवस्था भएको कक्षा १० सम्मकाे नि:शुल्क शिक्षालाई यस गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो ।

यस क्रममा शिक्षक व्यवस्थापनसँगै विद्यालयकाे भाैतिक अवस्थालाई सुधार गर्न आगमी आर्थिक वर्षमा अधिकतम बजेट विनियोजन गरिने समेत बताउनु भयो ।

संगठनका अध्यक्ष कृष्णबहादुर बुढा मगरकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेस चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं२का वडा अध्यक्ष , सामाजिक विकास समिति संयाेजक तथा गाउँपालिकाका प्रवक्ता पहलमान चैधरी ,जिल्ला समन्वयन समिति सदस्य द्राेपता चाैधरी,वडा सदस्यहरु बिष्णु पाेख्रेल,शान्त प्रसाद चाैधरी,तुलसा वि.क., कार्यपालिका सदस्य रण बहादुर पुजाली लगाएतले आ-आफ्नाे भनाइहरु राख्नु भएकाे थियोे ।

कार्यक्रमकाे सञ्चालन संगठनका सचिव गाेविन्द चाैधरीले गर्नुभएकाे थियो ।

Facebook Comments