• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७० औं श्रृङखलामा एकल रचना वाचन सम्पन्न




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ७०औं  श्रृङ्खलामा साहित्यकार बिना राेकाद्वारा एकल रचना वाचन शुक्रबार  घाेराहीमा सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. गाेविन्द आचार्यकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको हाे ।
एकल रचना वाचन कार्यक्रममा साहित्यकार बिना राेकाले समसामयिक करिव डेढ दर्जन रचनाहरू वाचन गर्नु भएकाे थियाे । वाचित रचनाहरूकाे समीक्षा बरिस्ठ साहित्यकार डा. कृष्णराज डिसिले गर्नु भएकाे थियाे । साे कार्यक्रममा राप्ती साहित्य परिषद्का बरिस्ठ उपाध्यक्ष एवम् का.वा अध्यक्ष कमलमणि देवकोटा, साहित्यकार डा हिमलाल पन्थीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रममा साहित्यकारहरू पद्मप्रसाद शर्मा, अर्जुन पाैडेल `अर्जुन सर´, नगेन्द्रकुमार अाचार्य `नगेन्द्र गुरू´, खेमराज मल्ल, देबेन्द्रकुमार रिजाल, धनसिंह गिरि, दामोदर पाैडेल, अमरबहादुर खड्का , यम रेग्मी, पृथक् हिमाल वली, हेमबहादुर वली, सविना ढकाल, कृर्ति डिसि, बिनु गाैतम, बिक्रम ओलि, सदिच्छा शर्मा, युगिन रेग्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
उक्त एकल रचना वाचन कार्यक्रममा अाफ्ना रचनाहरू वाचन गरि साहित्यका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाेमा एकल रचना वाचक साहित्यकार बिना राेकालाई परिषद् जिल्ला शाखा दाङकाे तर्फबाट प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।
परिषद् जिल्ला शाखा दाङका सदस्य हरिप्रसाद पाैडेल स्वर्णशिखाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमको सहजीकरण उपाध्यक्ष शारदा शर्माले गर्नु भएको थियो ।

Facebook Comments