• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुल्मीमा एक्साभेटर दुर्घटना: चालकको मृत्यु




गुल्मी, २७ जेठ । गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ रातापानी देखि लुम्छा तर्फ जाँदै गरेको लु १ क ४७७१ नं को एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

दुर्घटनामा परी चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका १ तिलकपुर बस्ने अन्दाजी ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान हुँदै गरेको प्रहरीको भनाइ छ ।

Facebook Comments