• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुखमा महिला उम्मेदवार




नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुखमा लुम्बिनी गौतमको उम्मेदवारी परेको छ । माओवादी केन्द्रले यसअघि नै जिल्ला समन्वय समितिको नेतृत्वमा महिलालाई पठाउने गरेको थियो । सोही अनुसार आज प्रमुखमा गौतमको मनोनयन परेको हो । त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रमुखमा देववहादुर कामीको उम्मेदवारी परेको छ ।

वैशाख ३० गते भएकाे स्थानीय तहकाे निर्वाचनबाट गौतम आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका ३ काे वडा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । सदस्यहरुमा माओवादीले चौरजहारी नगरपालिकाबाट रामकुमार गौतम र गीताकुमारी केसी, सानीभेरी गाउँपालिकाबाट शारदा दमाई, त्रिवेणी गाउँपालिकाबाट गीता नेपाली, बाँफिकोट गाउँपालिकाबाट देउभान ओली, मुसीकोट नगरपालिकाबाट मीना बिक र आठबीसकोट नगरपालिकाबाट कृष्णबहादुर यरीलाई उम्मेदवार बनाएको छ ।

प्रमुख, उपप्रमुख सहित जिल्ला समन्वय समिति बढीमा ९ सदस्यीय हुने व्यवस्था छ । जिल्ला समन्वय समितिको निर्वाचन अन्तरगत मतदान जेठ ३१ गते तोकिएको छ । जिल्ला समन्वय समितिका लागि जिल्लामा जम्मा १२ जना मतदाता रहेका छन् । नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले ९ सदस्यीय जिल्ला समन्वय समिति चुन्ने छन् ।

१२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन् । मतदाता संख्याका आधारमा जिल्ला समन्वय समितिको नेतृत्व माओवादी केन्द्रले गर्ने छ । पहिलो कार्यकालमा पनि जिल्ला समन्वय समितिमा सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

Facebook Comments