• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालले आज ओमानविरूद्ध खेल्दै, नयाँ जोडीले ओपनिङ गर्ने सम्भावना




आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्ग नेपालले अमेरिका भ्रमणमा पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।अमेरिकाको ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राती साँढे नौं बजेबाट खेल सुरु हुनेछ । जारी लिग टु को शिर्ष स्थानमा रहेको ओमानका लागि यो सिरिज अन्तिम हुनेछ ।नेपालले खेल्ने सिरिजको पहिलो खेलमा अमेरिकाले ओमानमाथि एक सय १४ रनको फराकिलो जित निकालेको छ ।
अमेरिकामा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत हुन लागेको पहिलो खेलमा नेपाली टिमलाई भने ओपनर ब्याटरको समस्या थपिएको छ।नियमित ओपनर आशिफ शेख र कुशल भुर्तेल अभ्यास म्याचका बेला घाइते भए पछि नेपालमा रहेका सुवास खकुरेल प्रतियोगितााका लागि अमेरिका पुगेका छन्।
नेपाली टिममा दुई जना ओपनर घाइते हुँदा ओमानविरुद्धको खेलमा टिमले नयाँ ओपनर जोडीलाई मैदान उतार्ने छ ।दुई जना ओपनर घाइते भएपनि अन्तिम समयमा सुवास खकुरेललाई अमेरिका झिकाएको टिमले उनलाई नै ओपनरका रुपमा पहिलो खेलमा मौका दिने संभावना रहेको छ।

सुवास खकुरेल अमेरिका पुगेको अर्को दिन नै प्रशिक्षणमा सामेल भएका थिए । नेपालको ओपनर जोडीको रूपमा सुवास र सुनिल धमलालाई मौका दिने सम्भावना रहेको छ।प्रशिक्षणको क्रममा पनि यी दुवै जोडीका रुपमा नेट सेसनमा अभ्यास गराएका थिए ।

दोस्रो खेल जुन ११ मा अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल जुन १४ मा ओमानविरुद्ध हुने छ । जुन १५ मा अमेरिकासँग अन्तिम खेल खेल्ने छ । अहिले लिग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाली टिमले यो सिरिजमा राम्रो प्रदर्शन गर्न सके तालिकामा सुधार गर्ने छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ ।

Facebook Comments