• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न कांग्रेसको ध्यानाकर्षण




घोराही, २६ जेठ । दाङमा बिगत केही महिनादेखि विद्युत आपूर्तिमा समस्या देखिएदै आइरहेको छ । अघोषित लोडसेडिङले विद्युत झ्याप्प झ्याप्प जाने क्रम बाक्लिन थालेपछि उपभोक्ता तथा उद्योग व्यवसायमा समस्या पर्न थालेका छन् ।
अघोषित लोडसेडिङका कारण देखिएका समस्या सम्बोधन गर्न र विद्युत आपूर्तिमा सहजता ल्याउन घोराही नगर काङ्ग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाको ध्यानाकर्षण गराएको छ । आज एक ध्यानाकर्षण पत्रसहित विद्युत कार्यालयमा डेलिगेसन पुगेको काङ्ग्रेस नगर समितिले अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न आग्रह गरेको हो ।

डेलिगेसन पुगेको समुहले वितरण केन्द्र प्रमुख मिथिलेश कुुमार मोहिवारलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न सुझाएका थिए ।
‘आधुनिक समय र प्रविधिको युगमा नागरिकहरूलाई बिना सूचना विद्युत काटिनु आफैमा दुखद पक्ष हो । गर्मी यामको मौसममा विद्युत आपूर्तिमा समस्या देखिदा नागरिकको जीवन यापनमा समेत समस्या परेको हुनाले यथाशीघ्र समस्याको समाधान खोजी नागरिकलाई सेवा उपलब्ध गराउन अनुरोध गर्दछौँ ।’ जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

डेलिगेसनमा प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ ,क्षेत्र नं. २ का क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसाल, नगर सभापति तिलक रावत, उपसभापति प्रदिप सुवेदी, सचिव पुष्पराज आचार्य, भीमकान्त चौधरी, वसन्त जोशी, नगर सदस्य किरण बोहरा, भुवन गौतम, नगर सदस्य विक्रम शमशेर महरा उपस्थिति लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments