• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्मोदयलाई अखिल (क्रान्तिकारी)को ८ बुँदे मागपत्र, यस्ता छन् मागहरु ?




घोराही, २६ जेठ । नेकपा निकट अखिल (क्रान्तिकारी) दाङले विद्यालयमा देखिएका विभिन्न खालका समस्या समाधान गर्नुपर्ने जोडदार माग राख्दै पद्मोदय नमूना माविमा ८ बुँदे मागपत्र बुझाएको छ । संगठन आज बिहीबार सो मागपत्र विद्यालयलाई बुझाएको हो ।No description available.

अखिल (क्रान्तिकारी)पद्मोदय पब्लिक नमुना माविका मुल इकाइ कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य खुम रिजालले जारी गरिएको मागपत्रमा भनिएको छ -‘पद्मोदय पब्लिक नमुना माबि सामुदायिक विद्यालय भनिएपनि चर्को शुल्क तिरेर पढ्नु पर्ने बाध्यता छ। एकातिर राज्यले लाखौं ,करोडौं रकम यस विद्यालयहरुमा लगानी गर्ने अर्को तर्फ गरिव श्रमजीवी ,न्यून आर्थिक स्थिति भएका परिवारका विद्यार्थी हरुले चर्को शुल्क तिरेर पढ्नु पर्ने तर विद्यालयमा शिक्षकले पुरै बिषय नपढाउने।विद्यार्थीहरुले दिसापिसाब गर्ने सौचालय नभएर दिन भरी दिसापिसाब रोकेर साझ घरमा गएर शौच गर्नु पर्ने बाध्यता छ।पद्मोदय जस्तो नमुना विद्यालयमा विद्यार्थीले यो प्रकारको समस्या व्यहोर्नुपर्ने स्थिति आउनु निकै लज्जास्पद बिषय हो।’

यस्ता छन्, अखिल ( क्रान्तिकारी)का ८ बुँदे मागहरुस्:

(१) शौचालय अभाव ,भएका शौचालयको उचित सरसफाइ र व्यवस्थापन नहुनुले विद्यार्थी हरुले निकै सास्ती खेप्न परिरहेको छ।तत्काल शौचालय र शुद्ध ,प्रशोधित खानेपानीको बैकल्पिक व्यवस्था गरियोस्।साथै छात्रहरुलाइ सेनेटरी प्याड र प्रयोगको निम्ति कोठा तयार गरियोस् ।

(२) पद्मोदयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै छ।पठनपाठन नियमित छैन ।त्यसकारण गुणस्तरीयतालाई ख्याल गर्दै नियमित पठनपाठन गराउने तर्फ तत्काल ध्यान दिइयोस् र शिक्षकहरुले विभिन्न बहानाबाजी गर्दै नियमित कक्षामा नगइ पठनपाठनमा बाधा पुर्‍याइरहेकोले तत्काल ती शिक्षक हरुलाइ कक्षामा नियमित पठनपाठनमा जोड दिन निर्देशन दिइयोस् ।

(३) संविधानमै माध्यामिक तह सम्मको शिक्षा निशुल्क र अनिवार्य भनिएको छ तर यस विद्यालयमा चर्को शुल्क लिइ विद्यार्थी अभिभावकको ढाड सेक्ने काम गरिएको छ।तत्काल शुल्क घटाइ सवै तहका नागरिकका छोराछोरीले यस विद्यालयमा सहजै पढ्न पाउने वातावरण तयार गरियोस् ।

(४) शिक्षकरकर्मचारी नियुक्ति गर्दा आफ्ना नजिकका आसेपासे नभइ निष्पक्ष ,स्वच्छ तरिकाले प्रतिस्पर्धा गराइ सक्षम,योग्य,क्षमतावान व्यक्ति हरुलाइ छनोट गरियोस्

(५) यस विद्यालयमा कार्यरत शिक्षक ,कर्मचारीका छोराछोरी लाई पनि यसै विद्यालयमा पढ्ने वातावरण सिर्जना गरियोस् ।

(६) विद्यालयको शैक्षिक ,भौतिक सुधारको निम्ति भन्दै यस विद्यालयले बिगतमा महायज्ञको आयोजना गरि ठुलो रकम र केही भौतिक सम्पत्ति संकलन गरेको थियो हाल त्यसको स्थिति सार्वजनिक गरियोस्।

(७) CTEVT अन्तर्गतका प्रयोगात्मक बिषय हरुको practical ितत्काल गराइयोस साथै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री तत्काल उपलब्ध गराइयोस्।
(८) बिगतमा हाम्रो संगठन र विद्यालय प्रशासन संग भएका सम्पूर्ण सहमति कार्यान्वयन गरियोस् ।

संगठनको आवश्यक र जायज मागहरू ५ दिन भित्रै पूरा गर्नुपर्ने, अन्यथा विद्यार्थीले उठाएका यी मागहरूलाई बेवास्ता गरेमा आफुहरुले चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने र त्यसबाट निस्कने सम्पूर्ण परिणामको जिम्मेवारी विद्यालय प्रशासन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
No description available.

Facebook Comments