• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फरक शैलीमा कार्यपालिकाको घुम्ती बैठक शुरु




जगत खनाल
भालुबाङ, २६ जेठ। दाङको राप्ती गाउँपालिकाले फरक शैलीमा कार्यपालिकाको घुम्ती बैठक शुरु गरेको छ ।
सधै गाउँपालिकाको प्रशासनिक भवन मसुरियामा हुने कार्यपालिकाको बैठक हिजो बुधबार राप्ती गाउँपालिकाको वडा नम्बर ९ को वडा कार्यालयमा सम्पन्न भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले करक शैलीमा कार्यक्रम गर्ने कोशिश गर्दै आएका छन् । अबदेखि प्रत्येक वडामा घुम्ती कार्यपालिकाको बैठक हुने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ ।

किन कार्यपालिकाको घुम्ती बैठक गर्नु पर्यो भन्ने प्रश्नमा अध्यक्ष बिष्टले सबै वडा अध्यक्षहरु प्रत्येक वडामा जान सक्ने र वडाले गरेको बिकास हेर्न सक्ने भएको हुँदा आफुहरुले घुम्ती बैठक आयोजना गरेको बताउनु भयो ।

सबै कार्यपालिका सदस्य वडा अध्यक्षहरुले प्रत्येक वडाको अवस्था बुझ्नु भयो भने बिकास गर्न र बजेट व्यवस्थापन गर्न सजिलो हुने अध्यक्ष बिष्टको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार बिकास निर्माण गर्न सजिलो हुने र वडाको अवस्था थाहा हुने हुदा सवै कुरामा सहजता हुने भएकाले घुम्ती बैठकको कार्यक्रम बनाएको जानकारी दिनु भएको थियो ।

कार्यपालिका दोस्रो बैठकद्वारा विभिन्न समिति गठन
राप्ती गाउपालिका कार्यपालिकाको दोस्रो पुर्ण बैठकले विभिन्न बिषयगत समिति गठन गरेको छ ।
गेम बहादुर खड्काको संयोजक रहेको आर्थिक बिकास समिती , देब प्रसाद चौधरी संयोजक रहेको शुसासन तथा संस्थागत बिकास समिती , चन्द्र गुरुङ संयोजक रहेको वन वातावरण तथा बिपद व्यबस्थापन समिती गठन गरेको छ ।

यसैगरि पहलमान चौधरी संयोजक रहेको सामाजिक बिकास समिती , वीर बहादुर चौधरी संयोजक रहेको पुर्वाधार बिकास समिती , उपाध्यक्ष कमलापति चौधरी संयोजक रहेको स्थानिय राजस्व परामर्श समिती , अध्यक्ष प्रकाश बिष्ट संयोजक रहेको श्रोत अनुमान तथा बजेट सिमा समिती गठन गरेको प्रवक्ता पहलमान चौधरीले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेट तयारी गर्न असार छ गते गाउँ सभाको बैठक बस्ने निर्णय गरेको प्रवक्ता चौधरीले जाबकारी दिनु भएको छ ।

Facebook Comments