• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता




काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज बुधबार गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए।

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरुको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई नियमित भेट्दै आएका छन् ।

Facebook Comments