• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिन मनाउन बोलाएर किशोरीको सामुहिक बलात्कार




बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।
पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष,  दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्।

विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन्।
उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए।

मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ।
प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो।
ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन्।
त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे।
बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको  फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले।
ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए।
जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे।
किशोरी बेहोस भइन्। त्यसपछि शनिबार मध्यरातमा अर्धचेत अवस्थाकी किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ गाउँपालिका वडा नं. ८  पिपरीस्थित  विक्रान्त थारुको बंगुर फार्ममा पुर्‍याए।
अर्धचेत अवस्थाकी ती किशोरीमाथि फेरि त्यहाँ बलात्कार थयो।
त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्ने योजना बनाए।

Facebook Comments