• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राज्ञिक परिषद्ले दुई दिने व्यक्तित्व एंव क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने




विष्णु गाेराथाेकी / विद्यार्थीहरूलाई सक्रिय रूपमा राष्ट्र निर्माणको कार्यमा समाहित हुन परिषदले प्रेरणा प्रदान गर्दै आएकाे छ । रचनात्मक कार्यहरूका माध्यमबाट व्यक्तिको सवाहीण विकास गर्न परिषद्‌ले निरन्तर कार्यहरू संचालन गर्दै आइरहेको छ ।

निःशुल्क कम्प्यूटर तालिम, कोचिङ क्लास, बालसंस्कार कार्यक्रम, रक्तदान शिविर आदि कार्य गर्दै आएकाे परिषद्ले जानकारी दिएकाे छ । यसका साथै वाचनालय, शैक्षिक तथा युवा विकास एवं युवा सूचना केन्द्रको संचालन पनि व्यक्तित्व विकासका लागि गरिएको परिषद्ले जानकारी दिएको छ ।

स्टेज प्राेग्राम, अैपचारिक कार्यक्रम, कुनै मिटिङ वा सामान्य छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दा पनि एउटा राम्रो लिड गर्न सक्ने क्षमतावान व्यक्क्तिकाे आवस्यक पर्ने गर्दछ । यसलाई मध्यनजर गर्दै प्राज्ञिक बिद्यार्थी परिषद्, नेपालले नि:शुल्क दुई दिने व्याक्तित्व एंव क्षमता अभिबृदि तालिम सञ्चालन गर्ने भएको छ । पछिल्लो समयमा युवाहरूमा व्याक्तित्व बिकास जस्ता क्रियाकलाप न्युनमात्रा भएको पाईन्छ । यसलाई मध्यनजर गर्दै परिषद्ले कमिटीका सदस्यहरुलाई दुई दिने निःशुल्क व्याक्तित्व एंव क्षमता अभिबृदि तालिम सञ्चालन गर्न लागेकाे हाे ।

आज बसेकाे कमिटीको बैठकले कमिटीमा रहेका व्याक्तिकाे क्षमता अभिवृद्धिका लागि असार ३ र ४ गते, दुई दिन व्याक्तित्व एंव क्षमता अभिबृदि तालिम सञ्चालन गर्ने निर्णय गरेकाे हाे । कमिटीले प्रत्येक बिद्यालयबाट ५ जना सहभागी हुने गरि सहजिकरण गर्दिनुहुनका लागि बिद्यालयलाई पत्राचार गरि उक्त कार्यक्रम गर्ने आयाेजकले जनाएको छ । आज बसेकाे बैठकमा १० जनाकाे सहभागीता रहेकाे थियाे जसमा जगदीश बुढा,मिलन खड्का, गाेबिन्द न्यौपाने, सम्झना गाेराथाेकी, तारा भण्डारी, विष्णु गाेराथाेकी, बालाराम खनाल पबित्र कुमार डाँगी, बिरेन्द्र डाँगी र मनिस बन्जाडेकाे उपस्थिती रहेकाे थियो । उक्त कार्यक्रम घाेराही उपमहानगरपालिका काे सभाहलमा हुन सक्ने आयाेजकले जनाएको छ भने तालिम प्रशिक्षक बावुराम मरासिनी रहनुभएकाे छ ।

Facebook Comments