• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय जनमोर्चाको स्थानीय चुनावको समीक्षा




घोराही, २१ जेठ । पार्टी नेता र कार्यकर्ताहरुमा राजनैनिक ज्ञान , इमान्दारीता र जबाफदेहिता नभएको कारण घोराहीमा गठबन्धनको पराजय भएको हो । घोराहीमा भएको राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।

देशको जुन प्रकारको राजनीतिक परिस्थितिका कारण अलग अलग राजनीतिक बिरासत बोकेका दलहरुका बिचमा गठबन्धन भयो । त्यो कुरामा राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनरत राजनीतिकदलमा इमान्दारीता नभएको कारण चुनाबलाई नै रणनीति बनाएका दलहरुसमेत पराजित भएको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाइ थियोे ।

राष्ट्रिय जनमोर्चाले चुनाबलाइ आन्दोलनको मोर्चाको रुपमा उपयोग गरेको हुनाले अरु सबैको हार भएपनि जनमोर्चाले आन्दोलनमा सफलता लिएको कार्यक्रमले समिक्षा गरेको थियोे । राष्ट्रिय जनमोर्चा घोराही नगर अध्यक्ष हरी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासीनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले देशको तत्कालीन अबस्था , निर्वाचन र पार्टीको भुमिकाको विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।

घोराही नगरमा भएको निर्वाचनको विषयमा समग्र रिपोर्ट र समिक्षा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेलले पेस गर्नु भएको थियोे । कार्यक्रममा गत स्थानीय तह निर्वाचनका उम्मेदवारहरु ज्ञानबहादुर घर्ती, जागेस्वर न्योपाने, नारायण घर्ती, सुसिला नेपाली , माकुरी नेपाली , नमि बि क ले आफ्ना अनुभुति , भोगाइ र समिक्षा मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार ङ्नुकान्त आचार्य , जिल्ला सदस्यहरु खडानन्द खनाल, चन्द्रबहादुर नेपाली , कृष्णा राना , अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचिब तुलसी पन्थी, जिल्ला सदस्य भिमकान्त पन्थी , अखिल नेपाल जनजाति सम्मेलन जिल्ला सदस्य जितबहादुर पुन , अखिल नेपाल युबक संघ जिल्ला सदस्य डोर बहादुर के सि , प्रगतिशील पत्रकार संघ का जिल्ला उपाध्यक्ष बलदेव बि क , लगायतको आथित्यता रहेको थियोे ।

नगर उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नगर सचीव मनिराम खनालले गर्नु भएको थियोे ।

Facebook Comments