• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्मोदयको ७५ औं वार्षिकोत्सवमा २५ जनाले गरे रक्तदान




घोराही, २१ जेठ । पद्मोदय पब्लिक नमूना मावि भरतपुर दाङको ७५ औं वार्षिकोत्सव एबम् हिरक महोत्सवको अवसरमा रक्तदान गरिएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा २५ जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालयका रक्तदान संयोजक मिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार रक्तदान कार्यक्रममा विद्यालयका तर्फबाट शिक्षक तथा कर्मचारीहरु गणेशदत्त भट्ट, मिनराज घिमिरे, विशाल के सी, वाशुदेव के सी, मिनेश श्रेष्ठ, देवेन्द्र सिं ठकुरी, वसन्त डि सी, वसन्त वुढाथोकी, दिपक ओली, भविन्द्र पुरी, फुलमान चौधरी, दिनेश ओली, दिपेश चौधरी र विर वहादुर चौधरीले रक्तदान गर्नुभयो ।

यस्तै विद्यालयका ११ जना छात्रछात्रले पनि रक्तदान गर्नुभएको रक्तदान संयोजक मिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

रक्त सञ्चार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवन दान भन्ने मुल मर्मलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व स्वरुप विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।

Facebook Comments