• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधिहरु नागरिकको समस्याको समाधानतिर लाग्नुपर्नेमा जोड




दाङ, २० जेठ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । बंगलाचुली गाउँपालिकाले शुक्रबार कमिरेचौरमा कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका पुर्ब जिल्ला सभापति मोहनलाल वलीले जनप्रतिनिधिहरु नागरिकको समस्याको समाधान गर्न लाग्नुपर्ने बताए ।

नागरिकको सेवाको लागि निर्वाचित भएकाले नागरिकको समस्याका बारेमा बुझेर अगाडि बढ्न समेत आग्रह गरे । पार्टी र जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्ध हुनुपर्ने उनको भनाइ रहेको थियो । यसका लागि पार्टी र जनप्रतिनिधिहरु समन्वय गरेर अगाडि बढ्नसमेत आग्रह गरे ।

नेपाली कांग्रेसका प्रदेश सदस्य पुर्ण बहादुर मल्लले नेपाली कांग्रेसमा नैतिकता र इमानदारीता हराउँदै गएको बताए । यसले पार्टीलाई नै समस्या पर्ने उनको भनाइ रहेको छ । निर्वाचनमा हार–जित स्वाभाविक भएको भन्दै जनप्रतिनिधिहरु नमुनाको रुपमा काम गर्नतर्फ लाग्न आग्रह गरे । जनताको मन जितेर काम गर्न समेत उनले आग्रह गरे ।

बंगलाचुली गाउँपालिका सभापति जागेस्वर अधिकारिले स्थानीय तहको निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको बताए । पार्टीलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष भक्तबहादुर जिसी, कार्यपालिका सदस्य सुमा घर्ति,बंगलाचुली वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष मैते पुन, बंगलाचुली वडा नं. ४ का नवनिर्वाचित वडा अध्यक्ष डास बहादुर डांगी, बंगलाचुली वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष डोम बहादुर खत्री,
बंगलाचुली वडा नं. ५ का नवनिर्वाचित वडा सदस्य यमलाल बुढा लगायतले भनाइ राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका का सभापति जागेस्वर अधिकारीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका पुर्ब अध्यक्ष मोहनलाल वलिको प्रमुख अथितिमा भएको थियो । बंगलाचुली गाउँपालिकाको उपसभापति इन्द्रमणि वलि को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव चेत प्रसाद डाँगीले गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस बाट बंगलाचुली गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बंगलाचुलि गाउँपालिका उपाध्यक्ष , वर्डा नं. १,२,४,६ का वडा अध्यक्ष , सदस्य तथा कार्यपालिका सदस्य हरुको सहभागिता रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने मतदाता, नेता कार्यकर्ता, निर्वाचन कार्यालय, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

Facebook Comments