• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाख्रापालक महासंघ दाङद्वारा मागपत्र पेश




तुलसीपुर,१९ जेठ । नेपाल व्यवसायिक बाख्रापालक महासंघ जिल्ला समिति दाङले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई मागपत्र पेश गरेको छ।

व्यवसायिक बाख्रा पालक व्यवसायीहरुको लागि उत्पन्न भएका असहजताका लागि सहज वातावरण निर्माण गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ समक्ष विभिन्न मागहरु सहितको मागपत्र पेश गरिएको महासंघले जनाएको छ।

आज शुक्रवार महासंघ दाङका अध्यक्ष दिपेन्द्र वलीको नेतृत्वको टोलिले मागपत्र पेश गरेको हो।
मागपत्रमा किसान कार्ड अनुसार विना झन्झट कृषकको खातामा अनुदान पठाउने व्यवस्था गर्न,कृषि तथा पशुपंक्षि पालन उद्यममा कृषि मिटरको व्यवस्था गर्न,खोरेत र पिपिआर को पुर्ण खोपको सुनिश्चिचतता गर्न,पशु आहारका लागि सबै जिल्लामा टि एम आर प्लानको स्थापना गर्न,व्यवस्थित र प्रामाणिक बाखा व्रिड स्रोत केन्द्रहरु सबै पालिकाहरुमा स्थापना गर्न,पशु आहारका लागि सबै जिल्लामा टि एम आर प्लानको स्थापना गर्न,पालिकाहरुमा कम्तिमा १ जना भेटेरिनरि डाक्टर र हरेक वडामा १ जना दक्ष पशु प्राविधिक सहित हरेक पालिकामा खसी बोकाको चोरि आयात रोक्न प्रभावकारि संयन्त्र निर्माण र परिचालनको व्यवस्था गर्न,वास्तविक कृषकले सहज ढंगले पाउने गरि २० लाख रुपैयासम्मको बिनाधितो व्याज सहुलियतमा ऋणको व्यवस्था गरियोस।”वेसिक ल्याव” को स्थापना गरीयोस । हरेक पालिकामा प्राङ्गारिक मल प्रशोधन र प्याकिजिङ प्लान्टको स्थापना गर्न,मोवाईल एप्स नविकरण र अध्यावधिकका लागि बजेटको व्यवस्था गर्न,महासंघको पहलमा स्थापना भएका प्रदेशस्तरिय सहकारिलाई संकलन केन्द्र निर्माण र ढुवानि साधन खरिदका लागि बजेटको व्यवस्था गर्न,सरकारि तथा गैरसरकारि निकायले ब्रिडको बाख्रा खरिद गर्दा महासंघको सिफारिस अनिवार्य हुनुपर्ने नितिगत व्यवस्था गर्न,कृषि श्रमिकको अभिलेखिकरण तालिम, सामाजिक सुरक्षा प्रोत्साहन भत्ता, दुर्घटना विमा र संचयकोषको व्यवस्था गर्न,प्रदेश र जिल्लाहरुका बाख्रापालन संजालसंग प्रत्येक चौमासिकमा संयुक्त कार्यक्रम संचालन गर्न प्रति कार्यक्रम रु ५० हजार बजेटको व्यवस्था गर्न,बिमा अभिकर्ता तालिम र कृषि तथा पशुपक्षिपालनसँग सम्बन्धित सहकारिलाई विमा एजेन्ट बनी काम गर्न आवश्यक सहजिकरणको व्यवस्था गर्न,अविलम्ब प्रदेशस्तरिय बाख्रा विकास बोर्ड गठन र सञ्चालनका लागि नीतिगत एवं बजेटको व्यवस्था गर्न,महासंघसँगको सहकार्यमा हरेक कृषकले ३/३ दिन व्यवहारिक र कार्यमुलक (फार्महरुमै आवासिय) तालिमका लागि आवश्यक बजेटको व्यवस्था गर्न,सबै प्रकारका कार्यक्रम संचालन र अनुगमनमा महासंघका प्रतिनिधिको सहभागिता अनिवार्य हुने नितिगत र कार्यविधिगत व्यवस्था गर्न लगाएतका मागहरु सहितको मागपत्र पेश गरिएको छ।

मागपत्रको पुर्णपाठ:

Facebook Comments