• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद सेतु बिकको शालिकमा तोडफोडको प्रयास




नेपालगन्जको सेतु विक चोकमा रहेको शहिद सेतु विक शालिक तोडफोड प्रयास भएको छ ।

बिहीबार विहान धम्बोझी चोकमा राखिएको वीरेन्द्रको शालिक हटाएपछि त्यसको प्रतिक्रिया सेतुको शालिकको तोडफोड प्रयासका रुपमा लिइएको छ ।

केही युवाले सेतु विकको शालिकमा ढुंगा हानेपछि तत्कालै प्रहरी पुगेको थियो । ढुंगा हान्ने भागेपछि प्रहरीले बाटो हिड्नेलाई पनि नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपालगन्जको धम्बोजी चोकमा राजावादीहरुको समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिए ।
घटनामा घाइते भएका चार जना प्रहरीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments