• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ग्रामीण भेगमा विद्युतीकरण कछुवाको गतिमा, कहिले पुग्छ जनताको घरमा विद्युत ?




घोराही । स्थानीय सरकार आएसँगै विद्युत विस्तार कार्यले खासै फड्को नमारेको पाइएको छ । स्थानीय तहले विकास निर्माणका कामहरु तुलनात्मक रुपमा गरेको भएतापनि विद्युतीकरणका काम भने कछुवाको गतिमा अगाडि बढाएको छ ।

सरकारले पाँच वर्षको समयमा छिटपुट रुपमा पोल तथा तारहरु टाँग्ने बाहेकका अरु कामहरु नगरको सहजै रुपमा देख्न सकिन्छ । स्थानीय सरकार आएको पाँच वर्ष बितिसक्दा समेत ग्रामिन बस्तीहरुमा सहज रुपमा विद्युत आपूर्ति हुन नसक्दा अझैपनि स्थानीय बासीन्दाहरु बैकल्पिक उर्जामा भरपर्नु पर्ने बाध्यता रहेको छ । अधिकांस ग्रामिन बस्तीहरुका जनताहरुले परम्परागत रुपमा प्रयोग हुँदै आएको टुकी, दियालो, लालटीङ लगायतका उर्जाको स्रोतको भरमा कष्ठपूर्ण जीवन निर्वाह गरिरहेका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाका सबै वडा कार्यालयसम्म विद्युत विस्तार भएतापति अधिकांस गाउँघरमा बिजुली बत्ती बाल्ने आसा सपना जस्तै भएको छ । वडासम्म विद्युत जडान भएपनि प्रायः वडाका गाउँ तथा टोलबस्ती भने पुरै बिद्युतविहिन जस्तै बनेको छन् । पालिकाको ६ नं. वडा अन्तर्गत पर्ने ओखरपाटा, छाप, झालवङ, बोरिबाङ गोठिबन लगाएका अन्य गाउँबस्तीहरुमा पोल गाड्ने र तार टाँग्ने काम भएपनि बत्ती बाल्न पाइन्छ कि पाईदैन भन्नेमा आसंका बढेको हो ।

विद्युत जडान गर्नका लागि पटक–पटक वडा तथा गाउँपालिकामा गुनासो पोख्दा पनि कुनै प्रक्रियागत रुपमा अगाडि नबढेको स्थानीयबासीहरुले बताएका छन् । गाउँमा पोल गोडेको तीन वर्षमै कतै पोल ढलेको कतै तार नै नटाँगेको विषयमा बारम्बार जानकारी दिदा पनि वडा र गाउँपालिका भने कानमा तेल हालेझै गरेर बसेको स्थानीयहरुको भनाइ छ ।

रुन्टीगढी गाउँपालिका भित्रका वडाहरुमा विद्युत विस्तार तथा जडान कार्यहरु भइरहेको भएतापनि मिटर बक्सको अभावका कारण स्थानीय बासीन्दाहरु अझै अध्यारोमै बस्न बाध्य भएका छन् । पालिका भित्रका केही वडाहरुमा विद्युत जडान कार्य सम्पन्न भएको करिब ३ वर्ष बितिसक्दा पनि गाउँ तथा वडाहरु अध्यारोमुक्त बन्न सकेकका छैनन् ।

सेवाग्राहीहरुसँग बढी रकम असुल्दै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण होलेरीले सेवाग्राहीहरुसँग बढी रकम असुल्दै आइरहेको गुनासो आएको छ । प्राधिकरणले नयाँ मिटर बक्सको मूल्य बढेर आएको भन्दै प्रत्येक सेवाग्राहीहरुबाट मूल्यभन्दा ४ रुपैयाँको दरले बढी रकम असुल गर्दै आइरहको सेवाग्राहीहरुले गुनासो गरेको छन् । मिटर बक्सका लागि स्थानीय जनताहरुले पटक पटक मूल्य तिर्दा समेत अझैसम्म मिटर बक्स पाउँन सकेका छैनन् ।

रुन्टीगढी गाउँपालिका ६ ओखरपाटा बस्ने जयबहादुर बुढाले नयाँ मिटर बक्सको फर्म भरेको करिब ६ महिना बितिसक्दा समेत मिटर बक्स नपाएको बताए । उनले सुरुमा मिटर बक्सको लागि फर्म भर्दा २ हजार ५ सय ७५ रुपैयाँ तिरेको भएतापनि मिटर बक्समा मूल्य बढेका हुँदा पुनः २ सय ८० रुपैयाँ तिरको जानकारी दिए ।
‘मिटर बक्स नपाउँदै दुई पटकसम्म पैसा तिर्नुप¥यो, उनले भने मिटर बक्स कहिले आउँछ त्यो थाहा छैन् । तर, मिटर बक्समा बढेको मूल्य २ सय ७६ रुपैयाँ भएतापनि हामीले २ सय ८० रुपैयाँ तिरका छौं । बिलमा २ सय ७६ रुपैयाँ भएपनि नगद ४ रुपैयाँ बढी तिरेका छौं ।’
स्थानीय बुढाका अनुसार गाउँ घरमा विद्युत आउँने खुशीले घरघरमा वारिङ्ग गरेका सामानहरुमा खिया लाग्ने अवस्था पुगिसकेका छन् । तर, विद्युत प्राधिकरणबाट अझै मिटर बक्स पाउँन सकेका छैनौं ।

त्यसैगरी रुन्टीगढी गाउँपालिका ६ रहेको बिहानी जागरण युवा क्लबका अध्यक्ष केशरबहादुर रावतले मिटर बक्स आउन निकै ढिला भएको बताए । उनले मिटर बक्सका लागि आफूहरुले दुई पटकसम्म पैसा तिर्दा समेत अझै मिटर बक्स पाउँन नसकेको जानकारी दिए ।

विद्युत प्राधिकरणले मिटर बक्स आइसकेको जानकारी दिएको र चुनाव सकिए लगत्तै मिटर बक्स बाड्ने भनेतापनि अझैसम्म वितरण नगरेको उनको गुनासो रहेको छ । मिटर बक्समा वृद्धि भएको रकम तिर्दा समेत मिटर बक्स नपाउनु दुःखत कुरा भएको र विद्युत प्राधिकरण होलेरीले छिटोभन्दा छिटो जनतालाई मिटर बक्स उपलब्ध गराउँनुपर्ने अध्यक्ष रावतले बताए ।

उता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र होलेरीका प्रमुख नारायणप्रसाद केसीले मिटर बक्सको अभाव होलेरीमा मात्र नभएर देशव्यापी रुपमा देखा परेको बताए । उनले स्थानीय निर्वाचन अघिनै होलेरीमा मिटर बक्स आइसकेको भएतापनि चुनावको समयमा मिटर बक्स वितरण गर्दा प्रभावकारी नदेखिने भएकाले वितरण नगरेको र अबको केही दिनमा मिटर बक्स वितरण गरिने जानकारी दिए ।

मिटर बक्स मूल्यवृद्धि भएर आएसँगै प्रति मिटर बक्सलाई २ हजार ८ सय ५१ रुपैयाँ पर्ने भएकोले फर्म भरिसकेका सेवाग्राहीले थप २ सय ७६ रुपैयाँ बुझाउँनुपर्ने प्रमुख केसीको भनाइ छ । सेवाग्राहीहरुले सुरुमा मिटर बक्सका लागि फर्म भर्दा २ हजार ५ सय ७५ रुपैयाँ बुझाएका थिए ।

कार्यालयका लेखा कर्मचारीले नयाँ मिटरको थप शुल्क लिदा सेवाग्राहीलाई फिर्ता दिने खुला रकम नभएको हुँदा २ सय ८० रुपैयाँ काटिएको हुनेसक्ने र त्यो विषयमा बुझेर सहजीकरण गरेर अगाडि बढ्ने समेत उनले धारणा थियो । रुन्टीगढी गाउँपालिका भित्रका विभिन्न ५ ठाउँमा ट्रामिटर जडान गरी चार्ज गर्ने सम्पन्न भएको र विद्युतीकरणकोे काम टेण्डर प्रक्रियाबाट हुने भएकाले ठेकेदारले विद्युत जडानको सम्पूर्ण काम सकिएको विवरण दिएपछिमात्र विद्युत सुचारु गरिने प्रमुख केसीले बताए । विद्युत प्राधिकरण होलेरीमा अहिले ३ सय वटा मिटर बक्स रहेका छन् ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख शम्भुप्रसाद मण्डलले विद्युतको मिटर बक्स अभाव नरहेको बताए । उनले गत चैत १०÷१२ गतेबाट नै रोल्पा लिवाङ, सुलिचौ र होलेरीमा सहज रुपमा मिटर बक्स पठाउने काम भइरहेको जानकारी दिए ।

सेवाग्राहीले ढिलोचाडो सबैले मिटर बक्स पाउँछन् र त्यो फर्म भरेको आधारमा एक हप्ता अगाडि तथा पछाडिको समयमा सो बक्स सबैले पाउँने उनको भनाइ छ । ‘मिटर बक्समा मूल्यवृद्धि भएको होइन्, उनले भने गत मंसिर महिनादेखि विद्युतको अन्य सर्भिस चार्ज लागु भएको मात्र हो । र, मंसिरभन्दा अगाडि फर्म भरेका सेवाग्राहीले थप शुल्क बुझाउनु पर्छ ।

त्यो बुझाएको रकम राजश्वको खातामा जम्मा हुन्छ ।’ विद्युतको काम ठेक्का मार्फत हुनेभएकाले अहिले प्रायः ठाउँ पोलहरु गाडेर सकिएको हुँदा अब बाँकी अरु काम प्रक्रियागत रुपमा अगाडि बढ्ने प्रमुख मण्डलले स्पष्ट पारे । बिलमा भएको रकम भन्दा बढी पैसा लिन नपाइने र कतै विद्युतका कर्मचारीहरुले बढी रकम असुलेको भए त्यो के रहेछ, त्यस विषयमा आफूले तत्काल बुझ्ने उनले बताए ।

रुन्टीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जनक पुनले पालिका भित्रका गाउँ बस्तीमा पोलहरु पुगिसकेका ठाउँमा ६ महिना भित्रमा बिद्युत सुचारु हुने बताए । उनले पोल नपुगेका ठाउँमा भने १ देखि डेढ वर्षको बीचमा सबै ठाउँमा पोलहरु पु¥याई विद्युत जडानका कामहरु सकिने र ढिलोमा २ वर्षमा बिजुली पुग्ने गरी काम अगाडि बढाउने जानकारी दिए ।

विद्युत जडान सम्पन्न भएका ठाउँहरुमा जनताहरुले माग गरे अनुसारको मिटर बक्स अबको १५÷२० दिनभित्रमा सबैलाई उलब्ध गराइने र बिल भन्दा बढी रकम लिन नपाइने भएकाले त्यो विषयमा आफूले बुझेर अगाडि बढ्ने उनको भनाइ छ ।

Facebook Comments