• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संखुवासभामा सुख्खा पहिरोले पुरिँदा दुई जना मजदुरको मृत्यु




संखुवासभामा निर्माणाधीन सडकमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

बुधबार दिउँसो  चैनपुर नगरपालिका १ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरानका ३५ वर्षीय राजकुमार राई र उदयपुर चोदण्डीगढी नगरपालिका ६ का २० वर्षीय हेमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

चैनपुर नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मितर माथिबाट खसेको पहिरोले पुरिएर राई र मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

Facebook Comments