• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सम्पन्न, जेठ २० गते पत्रकार सम्मेलन गर्ने




काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १३औं पूर्ण बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठकले फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गरेको छ ।

महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले आगामी असोजमा पार्टीको नबौं महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि फागुनमा गर्नेकी भन्ने छलफल भएको भएपनि विविध कारणले असोजमा उपयुक्त हुने भन्दै अन्तिम समयमा असोजमा गर्ने निर्णय भएको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार स्थानीय तहको निर्वाचन बारेमा मसिनो गरी समिक्षा गरिएको छ । ‘चुनावमा सहभागी भएर अपेक्षाकृत परिणाम निकाल्न नसकेपनि पार्टी निर्माणमा ठूलो सफलता हात परेको भन्ने समिक्षा भएको छ ।’ उनले भने।

बैठकका निर्णयहरु आागामी जेठ २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेकपा सचिवालयले जनाएको छ । बैठक जेठ १२ गतेदेखि १७ गतेसम्म चलेको थियो ।

Facebook Comments