• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधिहरुलाई दाङ उवासंघ बंगलाचुली शाखा द्वारा स्वागत सम्मान




दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुलि शाखाले एक कार्यक्रमको आयोजना गरि बंगलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा वोल्दै जनप्रतिनिधिहरुले आफुहरु गाउँपालिकाको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि वढने बताएका थिए । यस क्षेत्रको संभावनाहरुको खोजि गदै निजी क्षेत्र र सरकारी क्षेत्र विच एकतावद्ध भएर लाग्नु पर्ने उनीहरुले बताएका थिए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष, सम्पुर्ण वडाका नवनिर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुक प्रसाद पुलामीको अध्यक्षता एवं उद्योग वाणिज्य संघका सल्लाहाकार
जित बहादुर वलीको प्रमुख आतिथ्य र बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन (सुवास) को विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम भएको थियो भने सहजीकरण संघका कोषअध्यक्ष केशब जि.शि.ले गर्नु भयको थियो ।
स्व कार्यक्रममा संघको भवन निर्माण गर्न सहयोगको लागि ज्ञापन समेत बुजाएको छ ।

Facebook Comments