• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अबसरमा अन्तरक्रिया




रुकुम (पश्चिम)काे मुसिकाेट नगरपालिकामा राष्ट्रिय महिला अधिकार दिवस तथा अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसका अवसरमा सराेकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिका र महिला पुर्नस्थापना कार्यक्रम (ओरेक नेपाल)काे साझेदारीमा राष्ट्रिय महिला अधिकार दिवस तथा अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसका अवसरमा सराेकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

यहि जेठ १६ गते साेमबार नगरपालिकाकाे वडा नम्बर १, खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसीकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुरक्षा निकायका प्रमुख, १४ वटै वडाका वडा अध्यक्षहरु, ओरेकमा आबद्ध कर्मचारी, विभिन्न महिला संघ संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार एबं सराेकारवाला सबैकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई ओरेक नेपालले स्वागत तथा सम्मान गरेकाे थियाे ।

नगरपालिका अन्तरगत महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी सहायक पाँचाैं कमला मल्लकाे सञ्चालन रहेकाे कार्यक्रममा ओरेक नेपालकी जिल्ला संयाेजक दिपा धितालले कार्यक्रमका लागि तयार पारिएकाे कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।

Facebook Comments