• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तारा एयरको विमान दुर्घटनाः १४ जनाको शव भेटियो, खोजी कार्य जारी




मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा २२ जना सवारमध्ये १४ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्।

जहाजमा चालक दलका तीन सदस्यसिहत २२ जना सवार थिए। शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ।

जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

 

Facebook Comments