• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी चालकसँग प्रहरीको समन्वयात्मक कार्यक्रम




सल्यानमा ट्राफिकले दुर्घटना न्युनिकरण सम्वन्धी कार्यक्रम चलाएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ– सल्यान सडक खण्डमा सवारी साधनहरुको दुर्घटना दर बढेको भन्दै सवारी साधनका चालकहरुसंग ट्राफिक प्रहरीले समन्वयात्मक कार्यक्रम गरेको हो । सल्यानका विभिन्न स्थानहरुमा यस्तो कार्यक्रम हुनै आएको बताईएको छ ।No description available.

यस्तै जिल्लाको बाँङ्गेलाखुरीमा पनि चालकसंग समन्वय र जनचेतनामुलक कार्यक्रम गरिएको छ । सडकमा गुड्ने सवारी साधनहरुको अवस्था, यात्रुहरुका समस्या,सडकको दुरावस्था तथा अन्य जनचेतनामुलक सुझाव तथा परामर्श दिएको अस्थायी ट्राफिक पोष्ट सिमखोलीका कार्यालय प्रमुख नमराज जैसीले बताउनु भएको छ।

उहाँका अनुसार दुर्घटना लाई शुन्य विन्दुमा झार्न आफुले हरसम्भव प्रयास गर्नुका साथै चालक संग चालकका समस्या र सवारी साधनको अवस्थाका बारेमा नियमित समन्वय गरि समस्या निराकरण गर्न सुझाव दिईरहेको बताउनु भएको छ ।

Facebook Comments